नेपाल प्रहरीका नवनियुक्त १७ डीआईजीको पदस्थापन, को-कहाँ ? (सूचीसहित)

Posted on: July 04, 2022 | views: 283 सुशासन संवाददाता

काठमाडौं, असार २० । गृहमन्त्रालयले नवनियुक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको पदस्थापन गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णय अनुसार नवनियुक्त चार डीआईजीहरुले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।

नवनियुक्त डीआईजी सुदीप गिरीले एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको जिम्मेवारी पाएका छन् । एसएसपीमा काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका डीआईजी गिरीलाई बढुवालगत्तै प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो । 

त्यस्तै नवनियुक्त डीआईजी किरण बज्राचार्यलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको प्रमुखको जिम्मेवारीमा पदस्थापन गरिएको छ भने डीआईजी रामदत्त जोशीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको प्रमुखको जिम्मेवारी दिइएको छ ।

नेपाल प्रहरी शिक्षालय भरतपुरमा प्रमुखको जिम्मेवारीमा रहेका पोषराज पोखरेलको बढुवालगत्तै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको प्रमुखमा पदस्थापन भएको छ ।  

नवनियुक्त डीआईजीहरु अशोक सिंहलाई विशेष ब्युरो प्रमुखको जिम्मेवारीमा पदस्थापन गरिएको छ । 

डीआईजीहरु बसन्त बहादुर  कुँवरलाई प्रहरी प्रधान कार्यालयको कार्य बिभाग, दीपक थापालाई आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय, उमेशराज जोशीलाई अपराध अनुसन्धान बिभाग, टेकबहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग (प्रहरी महाशाखा), टेकप्रसाद राईलाई प्रहरी महानिरीक्षक (आईजीपी) सचिवालय, दुर्गा सिंह (चन्द) लाई केन्द्रिय अनुसन्धान ब्यूरो, किरण राणालाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, भिमप्रसाद ढकाललाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना निर्देशनालय, बुद्धिराज गुरुङलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी), सन्दीप भण्डारीलाई प्रहरी प्रधान कार्यालयको प्रदेश प्रहरी समन्वय विभाग र श्यामलाल ज्ञवालीलाई केन्द्रिय साईवर ब्यूरोमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

हेर्नुस् पदस्थापन सूची:





Share your thoughts!