नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा बढुवा

Posted on: July 02, 2022 | views: 447 सुशासन संवाददाता

काठमाडौं, असार १८ । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् ।

गृहमन्त्रालयले शुक्रबार यहि असार ८ गते बढुवा सिफारिसमा परेका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई  प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको हो । गृहमन्त्रीस्तरिय निर्णयबाट अघिल्लो ब्याचबाट बसन्तबहादुर कुवँर र पछिल्लो ब्याचबाट दीपक थापा पहिलो नम्बरमा बढुवा भएका छन् ।

शुक्रबारको निर्णयअनुसार टेकप्रसाद राई, अशोक सिंह, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी,भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह (चन्द) र किरण राणा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् ।

नवनियुक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुलाई आइतबार अपरान्ह २ बजे प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आयोजना गरिने विशेष समारोहकाबिच दर्ज्यानी चिह्नद्वारा सुशोभन गरिने कार्यक्रम तय गरिएको छ ।

Share your thoughts!