नेपाल प्रहरीका एक वरिष्ठ सईसहित ११ जना सम्पर्कविहीन

Posted on: April 25, 2022 | views: 598 सुशासन संवाददाता

काठमाडौं, बैशाख ११ । नेपाल प्रहरीका एक जना वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सर्ई) र एक जना सईसहित ११ जना सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) नक्सालले एक सुचना जारी गर्दै सम्पर्कविहीन बनेका ११ प्रहरीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

आइतबार प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिर भएकाहरुको नामावली सार्वजनिक गरेको छ । उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन पनि भनेको छ ।

सूचनामा उनीहरुलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गरिएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी समेत दिइएको छ ।

यी हुन् सम्पर्कविहीन भएका ११ प्रहरी हेर्नुहोस् सूचना



Share your thoughts!