दाङमा कौडा खेलिरहेको अवस्थामा ८ जना पक्राउ

Posted on: October 30, 2021 | views: 645 सुशासन संवाददाता

दाङ, कात्तिक १३ । तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित बिष्णु आचार्यको कोही नबस्ने खाली घरमा कौडा खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय रोहित न्यौपाने लगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ ।

उक्त घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ९८ हजार २ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

Share your thoughts!