सशस्त्र प्रहरीका १० डीआईजीको सरुवा (सूचीसहित)

Posted on: September 24, 2021 | views: 1627 सुशासन संवाददाता

काठमाडौं, असोज ८ । सरकारले सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ । बिहीबार साँझ गृहमन्त्री बालकृष्ण खाणले मन्त्रिस्तरिय निर्णय गर्दै डीआईजीहरुको सरुवा गरेका हुन् ।

सरुवा सूची अनुसार एक नम्बर प्रदेशमा कमल गिरी, प्रदेश दुईमा गणेश ठाडा मगर, बागमतीमा किशोर प्रधान, गण्डकी प्रदेशमा शम्भु सुवेदी, लुम्बिनी प्रदेशमा कुलबहादुर नेम्वाङ, सुदूरपश्चिम प्रदेशमा दुर्गा भट्टराई र ९ नम्बर बाहिनीमा बंशीराज दाहालको सरुवा भएको छ ।

डीआईजी अभिकुमार खत्री कर्णाली प्रदेशमै यथावत रहेका छन् भने डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतमको सशस्त्र प्रहरी मुख्यालयमा सरुवा भएको छ ।


Share your thoughts!