सिआईबीको नक्कली इन्स्पेक्टर पक्राउ

Posted on: September 05, 2021 | views: 455 सुशासन संवाददाता

बाँके, भदौ २० । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) को इन्स्पेक्टर हुँ भन्दै सर्वसाधारणलाई धम्क्याउने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यान दार्माकोट गाउँपालिका-२ बस्ने ३२ वर्षीय दीपेन्द्र रोकाय  क्षेत्री रहेका छन् ।

शनिबार राति कोहलपुर नगरपालिका-११ बसपार्क क्षेत्रमा रहेका होटल तथा पसलहरुमा आफूलाई सिआईबीको इन्स्पेक्टर हुँ भन्दै डर त्रास देखाई धम्क्याउदै सर्वसाधारणलाई अनावश्यक हैरानी दिइरहेको अवस्थामा दीपेन्द्रलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दीपेन्द्र उपर थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Share your thoughts!