बैंकिङ कसूर मुद्दामा फरार महिला पक्राउ

Posted on: July 26, 2021 | views: 498 सुशासन संवाददाता

काठमाडौं, साउन ११ ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तनहुँ व्याँस नगरपालिका-९ घर भएकी ४५ वर्षीया शोभा गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७७ चैत ३० गतेको फैसलाले १४ दिन कैद र १३ लाख ७० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर कुपण्डोलबाट पक्राउ गरेको हो । 

गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी सानिमा बिकास बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको उक्त व्यूरोले जनाएको छ । 


Share your thoughts!