अख्तियारको डीएसपी हुँ भन्दै धम्की दिने व्यक्ति पक्राउ

Posted on: July 15, 2021 | views: 281 सुशासन संवाददाता

काठमाडौं, असार ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डीएसपी हुँ भन्दै धम्काउने एग्रोमार्ट नेपाल प्रालि भैसेपाटीका अध्यक्ष अर्जुन भट्ट पक्राउ परेका छन् ।

विभिन्न स्थानमा नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष, राष्ट्रिय कृषि विकास कम्पनीको सिइओ एवं माथिल्लो तहका व्यक्तिहरूसँग सम्पर्क छ भनी प्रभावमा पार्दै हिँडेको भन्ने समेतको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले भट्टलाई बुधबार पक्राउ गरेको हो ।

भट्टलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलबाट नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाइएको अख्तियारले जनाएको छ ।


Share your thoughts!