सशस्त्र प्रहरीमा एसपी बढुवाको प्रक्रिया शुरु

Posted on: July 08, 2021 | views: 456 सुशासन संवाददाता

काठमाडौं, असार २४ । सशस्त्र प्रहरीमा एसपीहरुको बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवा प्रक्रिया शुरु गरेको हो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्यालले सशस्त्र प्रहरी बलमा साधारण उपसमूह र लेखा उपसमूहको रिक्त एसपी पदमा बढुवाका लागि बुधबार सूचना प्रकाशित गरेका छन् ।

डीआईजी अर्यालले जारी गरेको सूचनामा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि पाँच दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ । डीआईजी अर्याल बढुवा समितिका सदस्य सचिव हुन् ।

साधारण उपसमूहमा एसपी बढुवाका लागि प्रकाशित सूचना:



लेखा उपसमूहमा एसपी बढुवाका लागि प्रकाशित सूचना:



Share your thoughts!