राष्ट्रिय अनुसन्धानका ११ एसपीको सरुवा र पदस्थापन

Posted on: July 04, 2021 | views: 525 सुशासन संवाददाता

काठमाडौं, असार २० । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ११ जना एसपीको सरुवा भएको छ ।

गुप्तचरमा केही समयअघि डीएसपीबाट एसपीमा बढुवा भएकाको पदस्थापन र केही नयाँ एसपीहरुको सरुवा भएको हो ।

भक्तपुरमा टेकराज तिमिल्सेना, तनहुँमा उत्तम खनाल, चितवनमा शेरबहादुर चन्द, गोरखामा सुदिप अधिकारी, सुर्खेतमा जयन्द्र उपाध्याय र हेटौंडा तालिम केन्द्रमा विकास पाण्डेलाई सरुवा गरिएको हो ।

त्यस्तै मकवानपुरमा पप्पु शर्मा, कास्कीमा मनोज ढकाल, सर्लाहीमा चन्दन झा, बर्दियामा प्रज्वल खड्का र सुरक्षा परिषद्मा लक्ष्मी पौडेलको सरुवा भएको छ ।


Share your thoughts!