लागूऔषध नियन्त्रण ब्यूरोको प्रमुखमा एसएसपी हृदय थापा

Posted on: July 03, 2021 | views: 182 सुशासन संवाददाता

काठमाडौं,  असार १९ । एसएसपी दिलिप चौधरीले उमेरहदका कारण अनिवार्य अवकाश पाएपछी रिक्त रहेको लागूऔषध नियन्त्रण ब्यूरो (एनसिबी) प्रमुखमा एसएसपी हृदय थापाको सरुवा भएको छ ।

केहिदिन अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रहरी मुख्यालयको अन्वेषण योजना निर्देशनालय सरुवा भएका एसएसपी थापालाई गृह मन्त्रालयले बिहीबार ब्यूरो प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघि ब्यूरोको प्रमुख रहेका एसएसपी दिलिप चौधरीले गत साता अवकाश पाएपछि त्यहाँको प्रमुख पद रिक्त भएको थियो । एसएसपी थापा अपराध अनुसन्धान र कमाण्ड कन्ट्रोलमा अब्बल अधिकृत मानिन्छन् ।

आतंकबाद सम्बन्धि गतिविधि नियन्त्रणको लागि गठन गरिएको हालको विशेष ब्यूरोमा लामो समय काम गरेका उनी व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् । एसपी हुँदा उनी रुपन्देही प्रहरी प्रमुखको सफल कमान्ड समेत गरिसकेका छन् ।


Share your thoughts!