लागूऔषध कारोबार गर्ने युवती पक्राउ

Posted on: June 10, 2021 | views: 142 सुशासन संवाददाता

चितवन, जेठ २७ । जिल्ला प्रहरी कार्यालय चितवनले लागूऔषध कारोबार गर्ने एक जना युवतीलाई मंगलबार पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका-१६ घर भई सोहि महानगरपालिका-२ आदर्शनगरमा डेरा गरी बस्ने २५ वर्षीय एलिसा कुँवरलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीका अनुसार पक्राउ परेकी कुँवरको साथबाट प्रतिबन्धित लागूऔषध डाएजेपाम ८४ एम्पुल, नूफिन ८२ एम्पुल र फेनेरगन ८१ एम्पुल गरी जम्मा २४७ एम्पुल, एक थान मोबाइल र १७ हजार ५२५ रुपैयाँ बरामद भएको छ ।

पक्राउ परेकि कुँवर उपर थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


Share your thoughts!