दाङमा चोरी गर्ने ४ जना महिला पक्राउ

Posted on: June 08, 2021 | views: 456 सुशासन संवाददाता

घोराही, जेठ २५ । चोरीको आरोपमा दाङ प्रहरीले चार जनालाई सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१८ ढोडेनी निवासी ३६ वर्षिय शान्ति सुनार, सोही ठाउँ निवासी २५ वर्षिय सन्तोषी नेपाली, ३६ वर्षिय चन्द्रकला सुनार र ३५ वर्षिय ज्योतिकला दमाई रहेका छन् ।

दाङ देउखुरी अदालतले २०७६ साल वैशाख ३० गते सामूहिक चोरी मुद्धामा ५० हजार रुपैयाँ नगद जरिवाना र ८ महिना ७ दिन कैद सजाय फैसला सुनाइएका फरार चार महिलालाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई सोमबार नै अदालतमा पेश गरिएको प्रहरी जनाएको छ ।


Share your thoughts!