नेपाल प्रहरीकी इन्स्पेक्टर थापा बर्खास्त

Posted on: June 04, 2021 | views: 353 सुशासन संवाददाता

काठमाडौं, जेठ २१ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा एक जना महिला प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई बर्खास्त गरेको छ ।

नर्सिङ इन्चार्जका रुपमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत इन्स्पेक्टर लक्ष्मी थापा जानकारी नदिई लामो समय कार्यालय नआएको आरोपमा मन्त्रालयले सेवाबाट हटाएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरका अनुसार गत पुस २३ गतेदेखि एक महिना घर बिदामा बसेकी थापा त्यसयता सम्पर्कविहीन भएपछि उनलाई सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले गोरखापत्रमा सूचना समेत प्रकाशित गरेको थियो ।

इन्स्पेक्टर थापाले कुनै जवाफ नदिएपछि गत साता सेवाबाट हटाइएको हो । 



Share your thoughts!