प्रहरीका डीएसपी समीरचन्द्र खरेलको कोरोना संक्रमणबाट निधन

Posted on: May 24, 2021 | views: 468 सुशासन संवाददाता

काठमाडौं,जेठ १० । कोरोना संक्रमणका कारण नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) समिरचन्द्र खरेलको आज (सोमबार) दिउँसो निधन भएको छ ।

कोरोना संक्रमणका कारण स्वासप्रस्वासमा समस्या देखिएपछी दुई साता अगाडी उनलाई नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । तीन साताअघि कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य बिग्रदै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

नेपाल प्रहरीमा व्यावसायिक अधिकृतको छवि बनाएका डीएसपी खरेल २०५१ सालमा प्रहरी सहायक निरीक्षक हुँदै २०५८ मा खुल्ला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक भएका थिए ।

सोमबार ज्यान गुमाएका डीएसपी खरेल लमजुङ प्रहरी प्रमुख र ईलाका प्रहरी कार्यालय इटहरीको प्रमुखको जिम्मेवारी सम्हालिसकेका अधिकृत हुन् । गतवर्ष संयुक्त राष्ट्रसंघीय मिसन गएका उनि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।

गत साता मात्र नेपाल प्रहरीका अर्का डीएसपी राजकुमार केसीको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । जनताको सुरक्षामा खटिने क्रममा नेपाल प्रहरीका ११ कर्मचारीले काेराेनाबाट ज्यान गुमाइसकेका छन् ।


Share your thoughts!