नेपाल प्रहरीका असईको चट्याङ लागेर मृत्यु

Posted on: May 04, 2021 | views: 250 सुशासन संवाददाता

झापा, बैशाख २१ । झापामा चट्याङ लागेर प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका-३ किच्चकवधमा गस्ती गर्ने क्रममा प्रहरी चौकी किच्चकवध झापामा कार्यरत असई माहादेव ठाकुरको चट्याङ लगेर सोमबार राति मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनको ओम साई पाथिभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Share your thoughts!