प्रहरीले नै लागूऔषध लुटपाट गरेर बेच्न खोजेपछि...!

Posted on: May 01, 2021 | views: 915 सुशासन संवाददाता

काठमाडौं, बैशाख १८ । महानगरीय प्रहरी बृत्त जनसेवामा कार्यरत दुई जना प्रहरी जवान प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका छन् ।

सूचना संकलनको लागि बृत्तले सादा पोशाकमा खटाएका प्रहरी जवान नरेन्द्रसिंह नगारी र प्रेम ओडलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले हिजो (शुक्रबार) काठमाडौंको डल्लु क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका जवानद्वय नगारी र ओडबाट ब्यूरोको टोलिले प्रतिबन्धित लागूऔषध डाइजेपाम, फेनारगन, नुर्फिन समेत गरी १८६ एम्पुल बरामद गरेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रमुख एसएसपी दिलिप चौधरीले जानकारी दिए ।

ब्यूरो स्रोतका अनुसार महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएका उनै दुई जवानहरुले अन्य लागूऔषधको गिरोहसँग सो लागूऔषध लुटेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । लुटेको लागूऔषध अर्को लागूऔषधको कारोबार गर्ने समुहलाई बेच्न खोज्दा उनीहरुलाई ब्यूरोको विशेष टोलिले पक्राउ गरेको हो ।


Share your thoughts!