४० हजार घुससहित प्रहरी जवान यादव पक्राउ

Posted on: April 09, 2021 | views: 506 सुशासन संवाददाता

काठमाडौं, चैत २७ । सुनसरीको ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादव ४० हजार घुससहित पक्राउ परेका छन् ।

यादवले उक्त कार्यालयमा परेको उजुरी मिलाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले बिहिबार साँझ नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार यादवलाई सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बिराटनगर महानगरपालिका-४ स्थित नोबेल मेडिकल कलेजको गेट नजिकबाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।


Share your thoughts!