नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, को-कहाँ ? (सूचीसहित)

Posted on: July 06, 2022 | views: 313 सुशासन संवाददाता

काठमाडौं, असार २२ । नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरूवा भएको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयबाट एसएसपीहरुको सरूवा गरिएको हो ।

सरुवा सूचीअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरतबहादुर बोहराको सरुवा भएको छ भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराईलाई पठाईएको छ ।

त्यसैगरी अपराध अनुसन्धान विद्यालयमा एसएसपी विष्णु केसी, लागूऔषध नियन्त्रण ब्यूरोमा एसएसपी विकास खनाल, मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्यूरोमा एसएसपी अनुराग द्विवेदी र विपद् व्यवस्थापन कार्यालयमा एसएसपी कुवेर कडायतको सरुवा भएको छ । 


Share your thoughts!