अवरुद्ध मुग्लिन-नौविसे सडक ११ घण्टापछि सञ्चालन

Posted on: September 22, 2021 | views: 190 रासस

चितवन, असोज ६ । पहिरोका ​कारण अवरुद्ध मुग्लिन-नौविसे सडक सञ्चालनमा आएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना-४ नाग्दीखोला नजिकै खसेको पहिरोका कारण गएराति ११ बजेदेखि  दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालयको दुई वटा लोडरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको  इलाका  प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पन्छाएसँगै सवारीसाधन  गन्तव्य तर्फ लागेका छन् । 


Share your thoughts!