अवरुद्ध मुग्लिन-नौबिसे सडक दुईतर्फी सञ्चालन

Posted on: September 15, 2021 | views: 83 रासस

धादिङ, भदौ ३० । पहिराका कारण अवरुद्ध मुग्लिन-नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः ०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दीखोला नजिकै  सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक  सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् । 


Share your thoughts!