सुदूरपश्चिममा भूकम्पको धक्का

Posted on: September 11, 2021 | views: 132 रासस

कैलाली, भदौ २६ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ बजे यहाँ धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको  उत्तर काशीक्षेत्र आसपास रहेको छ । 

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । 


Share your thoughts!