आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

Posted on: June 11, 2021 | views: 142 सुशासन संवाददाता

नवलपरासीपश्चिम, जेठ २८ । पाल्हिनन्दन गाउँपालिका-२ मुडेरा बस्ने कुल बहादुर हरिजनको घर नजिकै रहेको गोठमा बिहीबार राति अचानक आगलागी हुँदा गोठ तथा लु.३ त ४८९ नम्बरको ट्याक्टरको अगाडिको भाग जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

ईलाका प्रहरी कार्यालय अमानीगंजबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस  सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!