विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको निधन

Posted on: June 01, 2021 | views: 150 सुशासन संवाददाता

काठमाडौं, जेठ १८ । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ । थापाको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

थापाको स्वास्थ्य अवस्था गम्भीर भएपछि ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन (इक्मो) प्रविधिबाट उपचार भइरहेको थियो । कोरोना संक्रमित भएका उनको रिपोर्ट नेगेटिभ देखाए पनि स्वास्थ्य अवस्था जटिल बनेको थियो ।



Share your thoughts!