नेपालमा एकैदिन ७६६० जनामा संक्रमण, ५५ जनाको मृत्यु

Posted on: May 04, 2021 | views: 188 सुशासन संवाददाता

काठामाडौं, बैशाख २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप सात हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५५ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ भने १७७५ जना संक्रमणमुक्त भएका छन् ।


Share your thoughts!