मोरू वालेटबाट अब स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने

Posted on: July 26, 2022 | views: 475 सुशासन संवाददाता

काठमाडौं, साउन १० । मोरू डिजिटल वालेटबाट स्मार्ट क्यूआर स्क्यान गरी अब भुक्तानी गर्न सकिने भएको छ । हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी  मोरू डिजिटल वालेट एप मार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो ।

यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख साठी हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । साथै मोरू वालेट प्रयोगकर्ताले हाल बीग मार्टमा किनमेल गर्दा मोरू वालेट मार्फत ‘स्मार्ट क्यूआर’  प्रयोग गरि भुक्तानी गरेमा १५ प्रतिशत वा ३०० सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन ।

यसैगरी भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा मोरू प्रयोगकर्ताले धेरै आकर्षक अफरहरू पनि प्राप्त गर्न सक्ने जानकारी सार्वजनिक गर्ने  समेत स्मार्ट क्यूआर नेटवर्क सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज् र मोरूले संयुक्त रूपमा जानकारी दिएका छन् । 


Share your thoughts!