ताप्लेजुङमा बैंक तथा वित्तीय संस्था बन्द

Posted on: May 07, 2021 | views: 184 रासस

ताप्लेजुङ, बैशाख २४ । ताप्लेजुङ जिल्लामा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु आजदेखि बन्द भएका छन् । 

जिल्लामा तीव्ररूपमा कोभिड-१९ सङ्क्रमण बढेपछि सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो ।  फुङलिङ बजारमा यही वैशाख २० गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएको छ ।

निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरूका कार्यालयहरु सञ्चालन हुँदै आएपछि जिल्ला प्रशासन कार्यालयले आज शुक्रबारदेखि नै लागू हुने गरी बन्द गर्ने निर्देशन गरेको थियो । 

अत्यावश्यक परेमा एकजना कर्मचारी राखेर सेवा प्रदान गर्न जिल्ला प्रशासन आग्रह गरिएको छ । निषेधाज्ञा जारी भएसँगै फुङलिङ बजार सुनसान भएको छ ।

दिन प्रतिदिन जिल्लामा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको कोभिड-१९ का स्रोत व्यक्ति प्रतिमा खरेलले बताइन् । तीव्ररूपमा सङ्क्रमित बढ्दै गएपछि नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिकाबाहेक अन्य  स्थानीय तहले अत्यावश्यक सेवा बाहेकका सबै सेवा स्थगित गरेका छन् । 


Share your thoughts!