बागलुङकी मायाको पर्खाइमा नवलपुरका युवा

Posted on: December 30, 2020 | views: 889 सुशासन संवाददाता

काठमाडौं, पुस १५ । मध्य नेपाल चितवन र लुम्बिनीको बीच खण्डमा रहेको नवलपुर जहाँका स्थानीय युवाहरुको सहकार्य र उनीहरुकै अभिनय रहेको गीत हालै मात्र ओएसआर डिजिटल युट्यूब च्यानलमार्फत सार्वजनिक भएको छ ।  

‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’ बोलको गीतमा राजेशकुमारको स्वर रहेको छ । नेपाली गीत संगीतको क्षेत्रमा नयाँ  गीतकारको रुपमा पहिचान बनाएका राजेश चलचित्र रोजको ‘फूल होइन काँडा’, प्रेमगीत ३ को ‘हर युग होस् प्रेमको’, निदाउँकी सपनीमा , मोटरसाईकलमा जस्ता  सर्वाधिक चर्चित गीतका  रचयिता पनि हुन् । यो पटक ‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’ बोलको गीतमा भने उनी आफैले स्वर भरेका छन् ।  

नवलपुरका युवाहरुको दमदार अभिनय रहेको भिडियोमा ममता, तिलक, बिदेश, निरज, रोशन र तिलकको भूमिका देख्न सकिन्छ । दीपक कौशलको शब्द संगीत र रमित श्रेष्ठ पाल्पालीको निर्देशन रहेको म्यूजिक भिडियोमा शहरिया ठिटो र गाउँमा संघर्षशील जीवन बिताइरहेकी सरल नारीबीचको माया प्रेमको भावलाई रोमाञ्चक तरिकाबाट प्रस्तुत गर्न खोजिएको छ । भिडियोमा नवलपुरका स्थानीय पर्यटकीय स्थल, नारायणी नदी र देवचुली अनि बरचुलीको पर्वतीय शृंखला समेत देख्न सकिन्छ ।

सुरज खनालले छायांकन गरेको गीतले बाग्लुङ, पाल्पा र पूर्वी नवलपरासीबीचको भौगोलिक निकटता अनि सम्बन्धलाई समेत झल्काएको छ ।

हेर्नुहोस् भिडियो:


Share your thoughts!