डोटीमा जनस्वास्थ्य प्रबर्धन केन्द्रको स्थापना

Posted on: March 17, 2021 | views: 244 गणेश मौनी

डोटी, चैत ४ । डोटीको दिपायलसिलगढी नगरपालिकाअन्तर्गत वडा नम्बर ५ इन्द्रचोक सिलगढीमा मंगलबार एक कार्यक्रमकाबीच जनस्वास्थ्य प्रबर्धन केन्द्रको स्थापना गरिएको छ ।

स्वास्थ्य निर्देशनालयको सहयोगमा स्वास्थ्य कार्यालय डोटी मातहत रहने गरी उक्त केन्द्रको स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा. गुणराज अवस्थी र दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।  

कार्यक्रममा बोल्दै निर्देशक अवस्थीले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका ९ वटै जिल्लामा जनस्वास्थ्य प्रबर्धन केन्द्र स्थापना गर्ने कार्यक्रम रहेको बताए । आमनागरिकलाई नेपालको संबिधानले निर्दिष्ठ गरेका हक अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्यकर्मि भरपुर्ण प्रयासरत रहेको समेत बताए । 

दिपायलसिलगढी नगरपालिकाले पनि स्वास्थ्य, शिक्षा र खानेपानीलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको दिपायल सिलगढी नगरपालिकाकी प्रमूख मञ्जु मलासीले बताएकी छन् । उनले स्वास्थ्य सेवाको सहजपहुँचनभएका ग्रामिण क्षेत्रमावर्षमा कम्तिमादुइ पटक स्वास्थ्य शिविर सञ्चालन गर्न सके जनताले राम्रो सेवा पाउने समेत उनले बताइन् ।

कार्यक्रममा बोल्दै डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले स्वास्थ्य क्षेत्रमा जनसंख्याको बढ्दो चापका कारण स्वास्थ्य सेवा पहुँच बढाउनुपर्ने र जनस्वास्थ्य प्रबर्धन केन्द्रलाई उदेश्य अनुरुप सञ्चालन गरिनुपर्ने कुरामा जोड दिएका छन् । 

नागरिकको संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी अधिकारको केहि हदसम्म भएपनि पूरा गर्न जनस्वास्थ्य प्रबर्धन  केन्द्रले टेवा पुर्याउने स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले बताए । उनले पछिल्लो समयमा करिब ८० प्रतिशत मृत्युको कारण नसर्ने रोग भएकाले उक्त केन्द्रले त्यसबारे प्रबर्द्धनात्मक सेवा प्रदान गर्न सहयोग गर्ने बताए । 

केन्द्रमा हालका लागि एक जना एच.ए., एक जना अ.हे.व., एक जना अ.न.मी. र एक जनाकार्यालय सहयोगी गरी ४ जना जनशक्ति रहने समेत मलासिले बताए । 


Share your thoughts!