राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा विशेष पूजाआजा

Posted on: November 04, 2022 | views: 144 रासस

मुस्ताङ, कात्तिक १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ​ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज बिहान दर्शन गरेकी छिन् । उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेकी प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान गौतम बुद्धको मूर्ति अनावरण र भगवान विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आएकी थिइन्। केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिए  । 

राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्ने जनाइएको छ । 


Share your thoughts!