आगलागीबाट धान जलेर नष्ट

Posted on: November 01, 2021 | views: 165 सुशासन संवाददाता

रुपन्देही, कात्तिक १५ । कञ्चन गाउँपालिका-१ मटेरीया बस्ने ४१ वर्षीय आकाश कुमार थारुको १ बिघा खेतको धान काटी जम्मा गरी राखेको थुप्रोमा सोमबार बिहान आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धान पूर्णरुपमा जलेर नष्ट भएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

Share your thoughts!