हेलम्बु राजमार्ग अवरुद्ध

Posted on: September 06, 2021 | views: 193 रासस

सिन्धुपाल्चोक, भदौ २१ । अविरल वर्षाले मेलम्ची नगरपालिका  १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । 

मेलम्ची-१२ बाहुनेपाटी र १३ मेलम्ची-जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो । सिन्धुखोलामा विद्युत्को पोल ढल्दा मेलम्ची बजारलगायत ठाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए।

वर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक  सञ्चालनमा ल्याउ सकिने र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । 


Share your thoughts!