आगलागीबाट धनमाल जलेर नष्ट

Posted on: September 05, 2021 | views: 157 सुशासन संवाददाता

रूपन्देही, भदौ २० । बुटवल उपमहानगरपालिका-१० राजमार्ग चौराहा नजिक जीवन श्रेष्ठको घरमा रहेको बासुदेव बेलबासेको केबि मिक्स क्याप हाउसमा शनिबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको बिवरण हाल खुल्न सकेको छैन् । 

आगलागी भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोली र दमकलको सहयोगमा प्रहरीले आगो पुर्णरुपमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!