आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Posted on: September 02, 2021 | views: 171 सुशासन संवाददाता

काठमाडौं, भदौ १७ । काठमाडौं महानगरपालिका-२२ खिचापोखरीस्थित पपुलर ईसीओ ट्रेडिङ पीभीटी कपडा तथा जुत्ता पसलमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा रेडिमेन्ट कपडा तथा जुत्ता जलेर नष्ट भएको भएको छ । 

धादिङ थाक्रे गाउँपालिका-६ घर भएका ५२ वर्षीय नर बहादुर थापाले संचालन गरेको उक्त पसलमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण हला खुल्न सकेको छैन् ।

यसैगरी दोलखा कालिञ्चोक गाउँपालिका-४ हिलेपानी बस्ने दिल बहादुर बानियाँको घरमा बुधाबर दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा र भाँडावर्तन पूर्णरुपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!