आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

Posted on: June 16, 2021 | views: 217 सुशासन संवाददाता

काठमाडौं, असार २ । सिरहाको सखुवानान्कारकट्टि गाउँपालिका-५ मुसहरी टोल बस्ने चन्द्र नारायण चौधरीको कच्ची घरमा बिद्युतको तार सर्ट भई मंगलबार राति आगलागी हुँदा अन्य ३ घर, अन्नपात, लत्ताकपडा लगायतका सामान समेत जलेर करिब २ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी कास्की माछापुछ्रे गाउँपालिका-१ धिप्राङ बस्ने ६५ वर्षीया केशरी गुरुङको कच्ची घरमा मंगलबार राति आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाडावर्तन समेत जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

हरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!