आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

Posted on: June 13, 2021 | views: 320 सुशासन संवाददाता

संखुवासभा, जेठ ३० । खाँदबारी नगरपालिका-१० सिरिसे बस्ने छत्र कुमार थापाको कच्ची घरमा शनिबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

सरोज कुबेर राई लगायत उनको परिवार बस्दै आएको उक्त घरमा केटाकेटीले खेल्ने क्रममा परालबाट आगो सल्किदा आगलागी भएको बताइएको छ ।  

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!