आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

Posted on: June 08, 2021 | views: 83 सुशासन संवाददाता

काठमाडौं, जेठ २५ । बाँके र रुकुमपश्चिम जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ ।  

प्रहरीका अनुसार बाँके नेपालगंज उपमहानगरपालिका-१८ लगदहवा बस्ने पिरत कुर्मीको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर, अन्नपात लगायतका सामान जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी रुकुमपश्चिम मुसिकोट नगरपालिका-१ मुलखोलास्थित सडकमा रोकी राखेको  ना.७ ख २०४४ नम्बरको बसमा सोमबार राति आगलागी हुँदा बस पूर्णरुपमा जलेर नष्ट भएको छ । 

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!