बाढीले मौरीको घार बगाउँदा करिब ४ लाखको धनमाल क्षति

Posted on: May 30, 2021 | views: 113 सुशासन संवाददाता

रुपन्देही, जेठ १६ । लुम्बिनी सांस्कृतिक नगरपालिका-६ लुम्बिनी बिकास कोषको जग्गामा कपिलबस्तु शिवराज नगरपालिका-५ बस्ने मोहन अधिकारीको शिवराज मौरी पालन फर्मको १ सय वटा मौरीघार बाढीले बगाउँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल  क्षति भएको छ ।

अबिरल वर्षाको कारण शनिबार दिउँसो आएको बाढीले उक्त फर्ममा रहेको मौरीको घार बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरीले ५० वटा मौरिघार उद्दार गरेको थियो ।  

Share your thoughts!