आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

Posted on: May 28, 2021 | views: 146 सुशासन संवाददाता

ताप्लेजुङ, जेठ १४ । फुङलिङ नगरपालिका-४ बस्ने कुमार गुरुङको तमु फर्निचर उद्योगको निर्माणाधिन घरको कोठामा स्टोर गरी राखेको सामानमा शुक्रबार बिहान आगलागी हुँदा सोफाको फम, फर्निचरको सामान, निर्माणाधिन घरको वाईरिङको सामान समेत जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!