आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

Posted on: April 14, 2021 | views: 179 सुशासन संवाददाता

काठमाडौं । कञ्चनपुर बेलौरी नगरपालिका-१० शिवनगर बस्ने शेरबहादुर सिंहको घरमा मंगलबार दिउँसो आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

यसैगरी कपिलवस्तु मायादेबी गाउँपालिका-६ सेराहवा बस्ने जगनारायण कुर्मी लगायत ५ जनाको फुसले छाएको कच्ची घरमा शुक्रबार बेलुका आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

यसैगरी सिन्धुली सुनकोशी गाउँपालिका-४ महादेवटार बस्ने सम्मर बहादुर लामाको घरमा मंगलबार बिहान आगलागी हुँदा करिब ३९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

यसैगरी भोजपुर रामप्रसाद राई गाउँपालिका-५ कार्तीकेस्थित भालेखोप सामुदायिक बनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने सिताराम थापा सहित २ जनाको घर र गोठमा मंगलबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन । 

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!