आमाको माया फेसबुकको भित्ता हेरर थाहा हुदैन...

Posted on: May 11, 2021 | views: 648 भुवन केसी

भुवन केसी । आज दिनभरी जसो सामाजिक संजाल फेसबुकमा आमाका तस्वीर र आमालाई सम्बोधन गर्दै लेखिएका विभिन्न फरक फरक स्टाटहरुको लर्को छ । यी तस्वीर र स्टाटस देख्दा मेरो मनमा अनेकौं प्रश्नहरु उजिएका छ्न के यी आमाका तस्वीर र आमाको बारेमा लामा लामा स्टाटस लेखेर पोस्ट गरेका सबैले आमालाई माया गर्छन् त ? के यी सबैले आमालाई सधैं खुसी राख्छन् होला त ? यी र यस्तै प्रश्नहरुले मनमा घोच्यो अनि मलाई पनि आमाको बारेमा केहि मन लागेका कुराहरु लेख्न मन लाग्यो हुनत आमा भन्ने शब्द आफैमा कति प्यारो छ आमालाई  म मायाको खानी ठान्छु, सुख दु:खमा साथ दिने साथी ठान्छु ,बाच्नजेली सम्म प्रेरणा दिने प्रमुख स्रोत मान्छु सबैलाई आमाको यस्तै माया हुदो हो र त फेसबुकका भिता भितामा यस्ता तस्वीर देखिन्छन् होला ।

त्यसैले त होला आजको दिनमा सबैले आमासँग भएका फोटोहरु खोजि लामो स्टाटस लेखी फेसबुकमा अप्लोड गर्छन् । प्राय सबैले अन्तिममा नछुटाइ लेख्ने शब्द हुन्छ । आमा तिम्रो आँखा बाट कहिले आँसु झर्न दिने छैन । साच्चिकै यो भनाइ सबै छोराछोरीमा लागू भए कति राम्रो हुँदो हो हाेइन ? 

तर मैले भने अहिलेसम्म मेरी आमालाई त्यति धेरै खुशी दिन सकेको छैन ।आमाको तस्वीर फेसबुकको भित्तामा टास्न सके । तर आमाको मनमा खुशी अनि ओठमा हासो भर्न सकिन। आमाले उकाली, ओरोली घाँस दाउरा गर्दा फाटेका ती कोमल खुट्टाका पैताला अनि हातका हत्केलाहरुमा मलम पट्टी लगाउन सकिन ।आमाको फाटेको त्यो धोती अनि त्यो चोली अहिलेसम्म फेर्न सकिन । अनि म आमाको साथमा नहुदा छिमेकीले रोपेका बचनका बाणले छियाछिया बनाएको आमाको मनलाई सिलाउन सकिन । हजुरलाई मीठो मसिलो खुवाउने हैसियत बनाउन सकेको छैन । आमा हजुरको दु:ख त कहाँ भुलेको छु र जति पिडामा भए पनि हाम्रो अगाडि मुस्कुराउनु छाडनु भएन हामि जति सताउदा पनि हजुरको मायाको कमि कहिले भएन आमा मलाई अझै याद छ आमा म ५-६ बर्षको हुँदा हजुरलाई मैले भनेका ती शब्दहरु 'आमा म ठुलो भएपछि हजुरलाई सुख अनि खुशी दिन्छु' भनेको मैले भने जस्तो सजिलो कहाँ हुँदो रहेछ र आमा हजुर सँगै भएर पनि यो वर्ष पनि खुसी दिन सकिन । आमा हजुर सँग यहि बाचा गर्छु । हजुरको ओठको हासो खोसिने हजुरको सिर निहुरिने कुनै काम गर्ने छैन ।

अनि बुवाको भुमिका पनि कहाँ कमी छ र हामीलाई यो स्थानसम्म ल्याउनमा हजुरको नै बढी भुमिका छ बुवा मेरो मनको कुरा बुझ्ने आमा र मेरो भविष्य उज्वल बनाउने बुवा प्रती हार्दिक नमन गर्दै सम्पुर्ण आमाहरुलाई मातातीर्थ र्औंसी अर्थात (आमाको मुख हेर्ने ) दिनको धेरै धेरै शुभकामना छ !

 त्यसैले सबैले आमालाई सधैं खुसी राखौं, आमाका तस्वीरहरु फेसबुकको भित्ताहरुमा होइन, मन अनि मस्तिष्कमा राखौं आज फेसबुकका भित्ताहरुमा देखिएका आमाका तस्वीरहरु भोलि वृद्धआश्रममा नदेखिउंन ।


Share your thoughts!