‘मिसाइल परीक्षण अमेरिकालाई उपहार’ –किम जोन

Posted on: July 05, 2017 | views: 238 एजेन्सी

पियोन्जन, असार २१ । उत्तर कोरियाली नेता किम जोन उनले बुधबार अमेरिकालाई मिसाइल परीक्षणको उपहार दिएको बताएका छन् । प्रत्येक वर्षको जुलाई ४ तारिखमा मनाइने अमेरिकाको स्वतन्त्रता दिवसको दिन अमेरिकालाई मिसाइल परीक्षणको उपहार दिएको किम जोनले बताएका हुन् । 

किम जोनले अमेरिकालाई अपशब्द बोलेर गाली गर्दै “यो मिसाइल परीक्षण अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा हाम्रो तर्फबाट दिएको उपहार हो ” भनेका छन् । स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार मंगलबार उत्तर कोरियाको मिसाइल परीक्षण गर्दाको समयमा किम जोन पनि उपस्थित रहेको थिए । 

मिसाइल परीक्षण गरेलगत्तै किम जोनले स्वतन्त्रता दिवसको अवसरमा दिएको उपहार अमेरिकालाई पक्कै पनि खुसी नलागेको भन्दै अपमानको शैली प्रस्तुत गरेका छन् । साथै उनले अमेरिकालाई सही स्थानमा ल्याउनका लागि यस किसिमको उपहार समय–समयमा दिनुपर्ने पनि उल्लेख गरेका छन् । 

उत्तर कोरियाले यो मिसाइल परीक्षणलाई एक महत्वपूर्ण सफलता रहेको बताएको छ तर अमेरिकी विदेशमन्त्री रोक्स टेलर्सनले यो परीक्षण विश्वको लागि एक खतरा रहेको बताएका छन् । अमेरिकाले पनि चीनले उत्तर कोरियामाथि दबाब बढाएर यस किसिमको परीक्षण रोक्नको लागि आग्रह गरेको थियो तर यसको लागि चीनले राखेको शर्त अमेरिकाले खारेज गरिदिएको छ । 


Share your thoughts!