‘रसिया–चीन सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो अवस्थामा’

Posted on: July 04, 2017 | views: 259 एजेन्सी

बेइजिङ, असार २० । चिनियाँ राष्ट्रपति सि जिन पिङले अहिले रसिया–चीन सम्बन्ध अहिलेसम्मकै सबैभन्दा राम्रो अवस्थामा रहेको बताएका छन् । साथै उनले जी२० का मुलुकहरुले बहुपक्षीय स्वतन्त्र व्यापारलाई सहयोग गर्ने पनि विश्वास व्यक्त गरेका छन् । 

सोमबार रसिया प्रस्थानअघि सञ्चारमाध्यमहरुसँग कुरा गर्दै चिनियाँ राष्ट्रपतिले यस्तो बताएका हुन् । जर्मनीमा हुन गइरहेको जी२० सम्मेलनमा सहभागी हुनुपूर्व चिनियाँ राष्ट्रपति रसियाको भ्रमणमा गएका हुन् । उनले चीन र रसियाको बीचमा उच्चस्तरको राजनीतिक तथा आपसी सम्बन्ध रहेको बताएका छन् । 


राष्ट्रपति पिङले आफू र रसियन राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले दई मुलुकको बीचमा गहन आर्थिक र व्यापारिक सम्बन्ध हुनुपर्नेमा जोड दिँदै आएको बताएका छन् । साथै दुवै मुलुकले एक अर्काका नागरिकहरुको उन्नतिको चाहना राख्ने उनले भनाइ छ । अहिले चीनले अघि सारेको ‘एक पेटी एक सडक’को योजनाले दुई देशलाई थप नजिक बनाएको पिङले बताएका छन् । 


Share your thoughts!