उत्तर कोरियाले ग¥यो अर्को मिसाइल परीक्षण

Posted on: July 04, 2017 | views: 235 एजेन्सी

सोल, असार २० । उत्तर कोरियाले आफ्नो पश्चिमी क्षेत्रबाट शक्तिशाली मिसाइल परीक्षण गरेको छ । जापान र दक्षिण कारियाका अधिकारीहरुले स्थानीय समयअनुसार नौ बजेर ४० मिनेटमा उत्तर कोरियाले सो परीक्षण गरेको बताएका छन् । 

जापानी अघिकारीहरुले उत्तर कोरियाको मिसाइल आफ्नो समुद्रमा खसेको बताएका छन् । उत्तर कोरियाले पछिल्लो समय आफ्नो न्युक्लियर तथा मिसाइल परीक्षणको गति बढाएको छ । जसको कारण यो क्षेत्रमा तनाव बढेको छ । 


आज उत्तर कोरियाले गरेको मिसाइल परीक्षण नौ सय ३० किलोमिटरको रहेको र यो आकाशमा करिब ४० मिनेट उडेको बताइएको छ । यस वर्षमात्रै उत्तर कोरियाले गरेको यो ११ औं मिसाइल परीक्षण हो । यद्यपि यसको क्षमता भने यसअघिको भन्दा बढी रहेको बताइएको छ । यसअघि गएको मे महिनामा उत्तर कोरियाले पछिल्लो मिसाइल परीक्षण गरेको थियो । 

उत्तर कोरियाको मिसाइल परीक्षणपछि दक्षिण कोरियाका राष्ट्रपति मून जाइ–इनले सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएका छन् । 



Share your thoughts!