चिनियाँ राष्ट्रपति पहिलोपटक हङकङ भ्रमणमा

Posted on: June 29, 2017 | views: 258 एजेन्सी

बेइजिङ, असार १५ । चिनियाँ राष्ट्रपति सि जिन पिङले पहिलोपटक हङकङको भ्रमण गरेका छन् । 

बेलायतको उपनिवेशबाट मुक्त भएको २० औं वर्ष मनाइरहेको हङकङमा विरोधको बीच चिनियाँ राष्ट्रपतिले भ्रमण गरेका हुन् ।  हङकङमा चीनको विरुद्धमा आवाज उठिरहेको अवस्थामा चिनियाँ राष्ट्रपतिको भ्रमणले आन्दोलन चर्किनसक्ने विश्लेषकहरुले बताएका छन् । 

यसै क्रममा चिनियाँ राष्ट्रपतिको विरुद्धमा आन्दोलन गर्ने केही मानिसहरुलाई प्रहरीले पक्राउ गरेको छ । हङकङमा हुनसक्ने अप्रिय घटनालाई मध्यनजर राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । हजारौंको संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । यो साता हङकङमा विभिन्न वरिष्ठ अधिकारीहरुले भ्रमण गर्ने कार्यतालिका तय भएको छ । 

यसअघि सा् २०१२ चिनियाँ राष्ट्रपति हु जिन्ताओले बेलायतबाट मुक्त भएको १५ औं वर्षको अवसरमा हङकङको भ्रमण गरेका थिए । यो क्रममा उनले त्यहाँका विपक्षीहरुसँग पनि वार्ता गरेका थिए । सन् २०१४ को सेप्टेम्बर महिनामा हङकङकमा पूर्ण प्रजातन्त्रको माग गर्दै आन्दोलन चर्किएको थियो । 


Share your thoughts!