भेनेजुयलाको सर्वोच्च अदालतमा प्रहरीको हेलिकप्टरद्वारा आक्रमण

Posted on: June 28, 2017 | views: 248 एजेन्सी

काराकास, असार १४ । भेनेजुयलाको सर्वोच्च अदालतमा प्रहरीको हेलिकप्टर प्रयोग गरी आक्रमण गरिएको छ । भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले यो आक्रमणलाई  आतंकवादी आक्रमण रहेको बताएका छन् । सामाजिक सञ्जालमा प्रचार गरिएको भिडियोमा उक्त हेलिकप्टरबाट आक्रमण हुनुभन्दा पहिला यसले राजधानी सहर काराकास परिक्रमा गरेको थियो । 

प्रहरी अधिकारीले दिएको जानकारी अनुसार उक्त हेलिकप्टर पाइलटले चोरेर सर्वोच्च अदालतमा आक्रमण गरेका थिए । उनले आफूलाई मादुरो सरकारको वि।रोधी बताउँदै आएका थिए । 

पछिल्लो समय भेनेजुयला राजनीतिक र आर्थिक संकटको सामना गरिरहेको छ भने मादुरो सरकारको चर्को विरोध पनि भइरहेको छ । राष्ट्रपति मादुरोले दिएको जानकारीअनुसार हेलिकप्टरले सर्वोच्च अदालतका साथै न्याय र आन्तरिक मामिला मन्त्रालयमा पनि आक्रमण गरेको थियो । यो आक्रमणमा कति क्षति भयो भन्ने विवरण भने सार्वजनिक भएको छैन । भेनेजुयलामा गएको अप्रिलयताको आन्दोलनमा परी ७० भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । 

भेनेजुयलाको सर्वोच्च अदालतलाई निकोलस मादुरोको सरकारले आफ्नो पक्षमा पारेर विपक्षीलाई पाखा लागाउने निर्णय गरेसँगै भेनेजुयला अशान्त बनेको हो । अहिले सर्वोच्च अदालतमा आक्रमण हुनु पनि त्यसकै उपज रहेको बताइएको छ ।  


Share your thoughts!