ट्रम्प आएपछि अमेरिका मन पराउने घटे

Posted on: June 27, 2017 | views: 334 एजेन्सी

वासिङटन, असार १३ । अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प आएपछि विश्वव्यापीरुपमा अमेरिका मन पराउने मानिसहरुको संख्यामा उल्लेख्य गिरावट आएको एक सर्वेक्षणले देखाएको छ । पछिल्लो पाँच महिनाको अवधिमा बाराक ओबामाको पालामा ६४ प्रतिशतले अमेरिका मन पराउने गरेकोमा यो संख्या अहिले ४९ प्रतिशतमा झरेको हो । 

पेव रिसर्च सेन्टरले सार्वजनिक गरेको विवरणअनुसार ट्रम्पको विश्वलाई नेतृत्व गर्ने क्षमता रहेको मान्ने मानिसहरुको संख्या पनि निकै कम रहेको देखिएको छ । विश्वका ३७ मुलुकहरुमा गरिएको सर्वेक्षणको क्रममा अमेरिकालाई मन पराउने मानिसहरुको संख्यामा उल्लेख्य गिरावट आएको देखिएको हो । पछिल्लो समय यसअघि अमेरिका मन पराउने मुलुकहरुमा नै अमेरिकाप्रति वितृष्णा छाएको देखिएको छ । मेक्सिको, क्यानडा र युरोपियन सहयोगी मुलुहरुमा अमेरिका मन नपराउनेको संख्यामा वृद्धि भएको देखिएको हो । 

पछिल्लो समय अमेरिकालाई प्राथमिकतामा राखेर आफ्नो योजना ल्याएको र त्यसले मानिसहरुलाई अमेरिकाप्रति वितृष्णा जनाएको देखिएको ओबामाको पालासम्ममा मेक्सिकोका ६६ प्रतिशत मानिसहरु अमेरिका मन पराउने थिए भने अहिले यो संख्या ३० प्रतिशतमा झरेको देखिएको छ ।  

विश्वलाई नेतृत्व गर्न सक्ने क्षमतामा भने रसियाका राष्ट्रपति भ्लापदिमिर पुटिनले २७ र चिनियाँ राष्ट्रपति सि जिन पिङले २८ प्रतिशत मत पाएका छन् । यो ट्रम्पको भन्दा बढी हो ।


Share your thoughts!