जापानमा भूकम्पको धक्का, दुई घाइते

Posted on: June 25, 2017 | views: 215 एजेन्सी

टोकियो, असार ११ । जापानमा आज पाँच दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पमा परी कम्तीमा दुई जना मानिसहरु घाइते भएको जानकारी दिइएको छ । 

स्थानीय समयअनुसार बिहानको सात बजे उक्त भूकम्पको धक्का महसुस गरिएको हो । यसको केन्द्रबिन्दु पृथ्वीको सतहभन्दा सात किलोमिटर तल रहेको बताइएको छ । अमेरिकी भू–गर्भ विभागले भने यो भूकम्प पाँच दशमलव २ रेक्टर स्केलको रहेको बताएको छ । 

भूकम्पमा परी घाइते हुनेको अवस्था अहिले सामान्य रहेको अधिकारीहरुले बताएका छन् । भूकम्प आएपनि अहिलेसम्म सुनामीको खतरा नरहेको बताइएको छ  ।


Share your thoughts!