तेल ट्यांकरमा आगलागी हुँदा पाकिस्तानमा कम्तीमा एक सय २३ को मृत्यु

Posted on: June 25, 2017 | views: 257 एजेन्सी

बहावालपुर, असार ११ । पाकिस्तानको बहावालपुर सहरमा तेल बोक्ने गाडीमा लागेको आगोको कारण कम्तीमा एक सय २३ जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारी अनुसार ट्यांकरबाट झरिरहेको तेल थाप्न पुगेका एक दर्जनभन्दा बढी मानिसहरु पनि आगोबाट गम्भीर घाइते भएका छन् । 

यो घटनामा घाइते भएकाहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको बताइएको छ । अस्पष्ट विवरणअनुसार ट्यांकरको गति अत्यधिक रहेको कारण आगो सल्किएको पाइएको छ । प्रत्यक्षदर्शीका अनुसार केही मानिसहरु यो घटना भएको स्थानमा धुम्रपान गरिरहेका थिए । यसको कारण कारण पनि  आगो सल्किएको हुनसक्ने बताइएको छ । 

यो घटनामा परेका धेरैको पहिचान डीएनए विवरणअनुसार गर्नुपर्ने भएको छ । घटनामा परेर शरीर चिन्नै नसक्ने गरी जलेका मानिसहरुको पहिचानको लागि यस किसिमको परीक्षण आवश्यक रहेको देखिएको हो । यस विषयमा थप जानकारी भने सार्वजनिक भएको छैन । 


Share your thoughts!