कतार मामिलामा अरब मुलुकहरु झुके

१३ बुँदे माग पूरा गरे प्रतिबन्ध फुकुवा हुने

Posted on: June 23, 2017 | views: 347 एजेन्सी

दोहा, असार ९ । चार अरब मुलुकहरुले कतारमाथिको प्रतिबन्ध फुकुवा गर्नको लागि कतारलाई १३ बुँदै माग प्रस्तुत गरेका छन् । दुई साताअघि उनीहरुले लगाएको प्रतिबन्धबाट आशा गरिएअनुसारको नतिजा हात पार्न नसकेपछि उनीहरुले केही लचिलो बन्दै १३ बुँदे माग राखेका हुन् । 

साउदी अरेबिया, इजिप्ट, यूएई र बहराइनले कतारलाई आफ्नो अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जाजिरालाई पनि बन्द गर्न माग गरेका छन् । त्यसका साथै उनीहरुले इरानसँगको सम्झौताहरु कटौती गर्ने र टर्कीको सैन्य शिविर पनि १० दिनभित्र हटाउनका लागि माग गरिएको छ । 

कतारमाथि प्रतिबन्ध लगाइनुको एक प्रमुख कारणको रुपमा आतंकवादलाई सहयोग गरेको आरोप लगाइएको कतारले भने यो कुरा निराधार रहेको बताउँदै आएको छ ।  अहिले प्रस्तुत गरिएको माग भने कतारलाई अपमान गर्ने किसिमको रहेको देखिन्छ । पछिल्लो २१ वर्षदेखि सञ्चालन गरेको र अन्तर्राष्ट्रिय बजारमा आफ्नो राम्रो प्रभाव जमाउन सफल रहेको सञ्चारमाध्यम अल जाजिरा बन्द गर्ने माग उसका लागि अपमानजनक देखिएको हो । 

केहीले भने अहिले गरिएको प्रस्ताव कतारलाई वार्ता सुरु गर्ने माध्यममात्र रहेको बताइएको छ । केहीले भने साउदी अरेबिया र यूएई थोरै पनि लचकता अपनाउने पक्षमा नरहेको बताएका छन् । उनीहरु कतारको शब्दमा विश्वास नगर्ने अवस्थामा रहेको विज्ञहरुले बताएका छन् । 


Share your thoughts!